दफा ३०
हस्ताक्षर दस्तखत गर्दा पुर्याउनु पर्नेरीत

(१) लेख्न जान्ने व्यक्तिले लिखतमा आफ्नो पूरा नाम, थर, वतन लेखी दस्तखत गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम दस्तखत गर्दा दस्तखत गर्नु पर्ने मुख्य ठाउँमा पूरा दस्तखत गरी अन्य ठाउँमा छोटकरीमा दस्तखत गर्न सकिनेछ ।
(३) उपदफा (२) बमोजिम सहिछाप गर्दा एउटै विषयको लिखत एकभन्दा बढी पृष्ठको भए प्रत्येक पृष्ठको शिर र पुछारमा दस्तखत गर्नु पर्ने कारणीले त्यस्तो लिखतमाकुनै व्यहोरा थपघट गर्न नसक्ने गरी सहिछाप गर्नु पर्नेछ ।